Government of Nepal Logo
Government of Nepal Logo
नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी

नेपाल सरकार
गृह मन्त्रालय

जिल्ला प्रशासन कार्यालय, सप्तरी

ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी

न्यून व्यान्डविथ Invert Color A- A A+

२.बंशज नागरिकता

शुल्क

रु.१० काे हुलाक टिकट



लाग्ने समय

प्रक्रिया पुगेकाे पछि

कागजातहरु

१. गा.पा./ न.पा.बाट A4 साईजकाे अनलाईन भएको अनुसूची -१ सिफारिश

२.बुवा र आमाकाे सक्कल नागरिकता र फाेटाेकपी समेत

३. सक्कल जन्मदर्ता प्रमाण पत्र र फाेटाेकपी समेत

४. सक्कल शैक्षिक याेग्यताकाे प्रमाण पत्र र फाेटाेकपी समेत

५. विवाहित महिलाकाे हकमा सक्कल विवाह दर्ता प्रमाण पत्र र फाेटाेकपी 

६. पिता ( बुवा)  काे मृत्यु भएमा सक्कल मृत्यु दर्ता प्रमाण पत्र र तीन पुस्ता भित्रका अन्य कुनै सदस्यकाे सक्कल नागरिकता र फाेटाेकपी

७. बसाँइसराई आउनेकाे हकमा सक्कल बसाँइसराइ प्रमाण र फाेटाेकपी ( अन्य जिल्लाकाे नागरिकताकाे हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयकाे प्रमाणित नागरिकता अभिलेख पत्र )

८. स्थायी बसाेबास खुल्ने सक्कल जग्गा धनी प्रमाण पुर्जा र फाेटाेकपी 

९. तीन पुस्ताकाे नाता नखुलेमा नाता प्रमाणित प्रमाण पत्र 

१०. पि.पि. साईजकाे ४ प्रति फाेटाे ( राताे Back Ground  नभएकाे हुनु पर्ने )



प्रक्रियाहरु

१.)  सेवाग्राहीले ताेकिएकाे अनुसूची  सिफारिश आवश्यक प्रमाण सहित कार्यालय प्रमुखबाट ताेक आदेश गराउने  ,

२.) ताेक आदेश भएकाे अनुसूची सिफारिश नागरिकता शाखामा पेश गर्ने ,

३.) नागरिकता शाखाले कागजात चेकजाँच गरि सनाखत गर्ने ,

४.) नागरिकता शाखाले नागरिकताकाे अभिलेख र थप प्रमाणकाे लागि प्रहरी सर्जमिन समेत बुझ्न सकिने छ ।

५.) सनाखत भएकाे अनुसूची कम्प्युटर शाखाबाट ( CCIMS Software ) प्रमाणहरु Scan गरी नागरिकता छपाई गर्ने र अभिलेखिकरण गर्ने ,

६.) छपाई भएकाे नागरिकता र अनुसूची कार्यालय प्रमुखबाट प्रमाणिकरण गर्ने र प्रमाणित नागरिकतामा कार्यालयकाे छाप र हाेलाेग्राम  टाँस गर्ने ।

गुनासो सुन्ने अधिकारी
लक्ष्मण निरौला
पछिल्लो अपडेट गरिएको : 2083-02-04 11:09:15

© सर्वाधिकार सुरक्षित ईलाका प्रशासन कार्यालय, कन्चनपुर, सप्तरी .